By- Gokarneshwor Light Academy
Date: 2021-03-25 15:10:10
हाम्रो समाजमा गरिबी, विपन्नता तथा निम्न आर्थिक स्रोतका कारण कतिपय आमाबुबाहरुले आफ्ना बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न नसकिरहेको अवस्था छ। यसमाथि पनि कोभिड-१९ र लकडाउनका कारणले पनि विभिन्न परिवारको आर्थिक अवस्थामा नराम्रो असर परेकोले कतिपय बिद्यार्थीहरु बाध्यताबस शिक्षाको मूल प्रवाहबाट बाहिरिएर अशिक्षाको भुमरीमा पिल्सिरहनुपरेको छ। यसै परिस्थितिलाई मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिका, गोकर्णेश्वर लाइट एकेडेमी, तथा उन्नति जागरण महिला समूहले त्यस्ता गरीब, विपन्न, जनजाती, दलित तथा अन्य आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई निशुल्क अतिरिक्त शिक्षा प्रदान गर्ने अभियानको शुभारम्भ गरेका छन्। बिगत लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको गोकर्णेश्वर लाइट एकेडेमीले आफ्नो शिक्षिक सामाजिक दायित्व पुरा गर्दै निम्न आर्थिक अवस्था भएका बिद्यार्थीहरुको पठनपाठनमा कुनै अबरोध सृजना हुन नदिन आफ्नो बिद्यालयमा त्यस्ता दलित तथा बिपन्न बिद्यार्थीहरुको अध्ययनका निम्ति निशुल्क रुपमा छुट्टै कक्षा कोठाको व्यवस्था गरिदिएको छ। साथसाथै यसै अभियान अनुरुप बिद्यालयले बिद्यार्थीहरुको पठनपाठनको निम्ति छुट्टै शिक्षकहरुको पनि व्यवस्था गरिदिएको छ। " गरिबी र बिपन्नताका कारण शिक्षाको मूल प्रवाहबाट टाढाहुनुपरेका बालबालिकाहरु या अन्य कुनै बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु गोकर्णेश्वर लाइट एकेडेमीमा आएर निशुल्क रुपमा अतिरिक्त शिक्षा लिन सक्नेछन।" बिद्यालयका प्रिन्सिपल आदरणीय सौर्य आचार्यले बताउनुभयो। बिद्यालय प्रशासनका अनुसार बिद्यालयले आगामी दिनहरुमा पनि यस्तै विभिन्न सामाजिक क्रियाकलापहरु गरेर नेपाललाई शिक्षित र सम्बृद्ध बनाउने अभियानमा योगदान पुर्याउदै जानेछ।
थप जानकारी लागि:
गोकर्णेश्वर लाइट एकेडेमी
गोकर्णेश्वर- ४, माकलबारी, काठमाडौँ
०१-५१३४०७५, ९८५१०२५८६४