banner

गोकर्णेश्वर लाइट एकेडेमीले बिद्यार्थीका लेख, रचना, कथा, कविता, चित्र आदि आफ्नै वेबसाइटबाट प्रकासन गर्ने

By- गोकर्णेश्वर लाइट एकेडेमी
Date: 2020-07-21 05:15:00
बिगत लामो समयदेखि बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नुको साथसाथै बिद्यार्थीहरुमा भएका क्षमताको अभिवृद्धि गर्नको निम्ति विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको गोकर्णेश्वर लाइट एकेडेमीले अब भने आफ्ना बिद्यार्थीहरुद्वारा रचित कथा, कविता, निबन्ध, चित्र आदि आफ्नै वेबसाइटबाट प्रकासन गर्ने भएको छ। कोरोना महामारीका कारण बिद्यालय पूर्ण रुपमा संचालनमा नआएको हुदा बिद्यार्थीहरुले घरमै बसेर आफुलाई मनपर्ने कुनैपनि बिषयवस्तुमा कथा, कविता, निबन्ध, चित्र आदि रचनाहरु गरेर  बिद्यालयलाई पठाउन सक्नेछन।  यसका साथै बिद्यार्थीका ति रचनाहरु बिद्यालयले  बिद्यार्थीको नाम र कक्षा सहित प्रकासन गर्ने छ। "आफ्ना नानिबाबुहरुलाई यो बिदाको समयमा उनीहरुको रुचि र क्षमता अनुरुप सकारात्मक कार्यहरुमा लगाएर उनीहरुका लेख, रचना आदि बिद्यालयको फेसबुकमार्फत हामीलाई पठाउन बिद्यालय प्रशासन सम्पूर्ण आदरणीय अभिभावकहरुलाई हार्दिक अनुरोध गर्दछ।" बिद्यालयका प्रिन्सिपल आदरणीय सौर्यनाथ आचार्यज्युले बताउनु भयो।