By- गोकर्णेश्वर लाइट एकेडेमी
Date: 2020-03-01 09:00:00
काठमाडौको गोकर्णेश्वर नगरपालिका- ४ माकलबारी स्थित गोकर्णेस्वर लाइट एकेडेमीले १२औं अभिभावक दिवस भब्य रूपमा मनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सौर्यानाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई उपस्तिथि थिए । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, प्याब्सन केन्द्रिय महासचिव कुमार घिमिरे लगायतको विशेष अतिथिहरुको साथै अन्य अतिथि र अभिभावकहरुको उल्लेख्य उपस्तिथि रहेकोे थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विविध प्रतिभाहरु प्रदर्शन गरेका थिए ।